२२ बैशाख २०८२, सोमबार

जनताको सेवक काँग्रेस हो : मन्त्री हमाल
  • न्युज मानसराेवर

कोहलपुर । लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरणतथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाली काँग्रेस शासक नभएर जनताको सेवक भएको बताएका छन् ।

प्रदेश मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका हमाललाई नेपाली काँग्रेस कोहलपुर नगरद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आफु पदमा रहँदासम्म जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले जनताको व्यवहार जितेर आगामी तिन वटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाएर सरकार संचालन गर्ने दावि गरेका छन।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech