२ कार्तिक २०८१, शुक्रबार

गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराई बर्खास्त
  • न्युज मानसराेवर

बाँके। सरकारले गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईलाई बर्खास्त गरेको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले उनलाई २०७५ मङ्सिरमा उपाध्यक्ष नियुक्त गरेको थियो। आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्  (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई समेत बर्खास्त गर्ने निर्णय गरेको छ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech