बाँके।हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यस्तै शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
देशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।