बाँके।जाजरकोटको बारेकोट गाउँपालिका–३,मुल्साममा रहेको गाग्राखोला लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा एक हजार पाँच सयभन्दा बढी घर धुरी अन्धकार भएका छन् ।
गत कात्तिक २ गते अविरल वर्षासँगै आएको पहिरोले विद्युत्को कुलो बगाउँदा बारेकोट गाउँपालिका २ र ३ का एक हजार पाँचभन्दा बढी घरधुरी अन्धकार भएका हुन् ।
गाउँपालिकाको पहाडा मुल्साम, स्याला मुल्साम, पछेउरी, बूढागाउँ, रोकायगाउँ, अयर्ना, सेरी, लिम्सा, ध्यार गाउँलगायतका बस्ती विद्युत् सेवाबाट वञ्चित भएको बारेकोट गाउँपालिका–२ का स्थानीय बासिन्दा हरि बहादुर नेपालीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।