२२ बैशाख २०८२, सोमबार

१९ वर्षीया युवती एमाले वडा सचिव चयन
  • न्युज मानसराेवर

बुटवल– लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया झरना थापा वडा कमिटी सचिव चुनिएकी छन्। अध्ययनसँगै राजनीति थालेकी उनले अब राजनीतिलाई पनि अगाडि बढाउने बताइन्।

‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन्।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech