२८ फाल्गुन २०८१, बुधबार

टिप्पणी सहित राजनितिक यात्रा एक विशेष परिचय
  • रबि रोकाया

हालै नेकपा एमालेको वडा तह हुदै नगर र पालिका स्तरीय अधिवेसन बाँकेमा सहमतिको दस्तावेज अनुरुप कार्य समिति चयन गरेको छ ।
बाँकेका ८१ वटा वडा र गाउँ पालिका ६ , उपमहानगर पलिका १ नगरपालिका १ मा नेकपा एमालेको अधिवेशन सम्पन्न गरिएको हो ।

नेकपाको विभाजन पश्चात देशको राजनितिक अवस्थाको दृश्यहरु शक्ति सन्तुलन र शप्ता बर्हिगमनका श्रृखंलाहरु अझै कायम  रहेको छ ।

देशका मुख्य राजनितिक दलहरुले अविबेशनका कार्य तालिका घोषणा गरेतापनि नेकपा एमाले मात्र वडा तह हुदै गाउँपालिका नगरपालिका र महानगरपालिकाको अधिवेशन सम्पन्न गर्न सफल भएको छ । कम्यूष्ट पार्टीको मुख्य शक्ति नै संगठन चलायमान नै मुख्य मान्ने गरिन्छ ।

त्यसको उदाहरण नेकपा एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन र देशभरि वडा तह देखीको अधिवेशनलाई हेर्न सकिन्छ ।

तत्कालिन मध्य तथा सुदुरपश्चिमको केन्द्र बाँके जिल्लामा नेकपाको विभाजन पश्चात सम्पन्न गरिएको नेकपा एमालेमा अधिवेशन मुख्य राजनितिक शक्तिहरु नेपाली काग्रेस नेकपा माओवादी केन्द्रले नजिक बाट नियालिरहेको थियो ।

वा भनौ पाँच गठबन्दनले एमाले भित्रको कम्जोर पक्ष संग राजनितिक खेलको मैदानमा प्रयोगको दाउ भने विफल बनाउन सफल भएको छ’नेकपा एमाले । यही मध्य तथा सुदुरपश्चिमको केन्द्र कोहलपुर नगरपालिकामा नेकपा एमालेको नगर अधिवेशन सहमतिको दस्तावेज कार्यान्वयन ल्याउन सफल नेतृत्वका सामु चुनौतिहरु समेत छन तर यसलाई व्यवस्थापन गर्न नेतृत्व सफल हुन जरुरी छ ।

मुख्य रुपमा नगरको नेतृत्वका विषयहरुमा विरोद्धका आवजहरु सुनिएका छन । त्यसको व्यवस्थापन नयाँ नेतृत्वले कसरी गर्छ भन्ने मुल विषय बनेको छ ।मुख्य रुपमा नगर अध्यक्ष खिल प्रसाद भुसालको काधँमा त्यो जिम्मेवारी छ।’यहाँ हामीले यसै सन्दर्भमा  नगर अध्यक्ष  खिल प्रसाल भूसालको राजिनितक यात्र विशेष प्रकाशन गर्ने चेष्टा गरेका छौँ ।

नगर अध्यक्ष भूसाल र एमाले नेता लाल बाबु पण्डित\तस्विर भूसालको सामाजिक संजालबाट 

भूसालको जन्म २०२५।११।२५ मा पर्वत फलेवास नगरपालिका ११ कर्नास मा भएको थियो । भूसालले २०३८ साल देखी शुरुवात गरेका
थिए । भूसालले अनेरास्ववियू बाट २०३९ सालमा अनेरास्ववियू भवनी विद्यापिठ माध्यामिक तहमा प्रारम्भिक कमिटिको अध्यक्षमा चुनिएका थिए । बाहुन परिवारमा जन्मेका भूसाल  फुतिलो र बाठो मानिन्थ्थे ।

कम्यूष्ट विचारधार अवलम्बन गर्ने युवाका रुपमा भुसालले गाउँघर तिर  परिचय बनाएका थिए ।२०४० सालमा पिस्कर हत्याकाण्डको विरोधमा आन्दोलनको  नेतृत्व  लिएका भूसाललाई प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसको १ वर्ष पछि २०४१ सालमा उनी भारत प्रवेश गरेका थिए।

भारतमा उनले गलत विचार र गलत कार्यको विरोद्ध गर्दै आएका भूसाल अन्तत प्रवासी नेपाली संघको सदस्यता लिएका उनले संघको सचिव भई २०४४ साल देखी २०४६ सम्म फरिदावादको नगर कमिटि अध्यक्ष भएका थिए। भूसालले २०४६।०७।१७ मा पार्टीको सदस्यता प्राप्त गरेको थिए । सदस्यता प्राप्त पछि उनले २०४६ फागुन ७ गते बाँट निरंकुश निर्दलिय पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा सहभागिता हुन पार्टीको निर्देशमा नेपाल फर्केका थिए ।

आन्दोलनमा सहभागिता पश्चात उनी फेरी भारत प्रवास फर्के । २०४७ सालको पर्वत जिल्ला कमिटि द्धारा स्वदेश फर्किन विधिवत् भारत प्रवास कमिटिलाई पत्राचार भए पश्चात उनी लगाएत साथीहरु २०४७ साल माघमा नेपाल फर्केका थिए । आफ्नो गृह जिल्ला पर्वत फर्केका भूसाल जिल्लाको ७ नम्बर ईलाका कमिटिमा सचिवको जिम्मेवारीमा कार्य सम्पादन गरेका थिए ।

२०४८ सालको निर्वाच शुरु देखी अन्त सम्म जिम्मेवारी बहन गरेका भुसालले २०४९ सालको स्थानीय तहको निर्वाचको परिचालनको कमाण्डरका रुपमा परिचालन भएका थिए । उनले नेतृत्व गरेका ७ न ईलाकाका साथै वटा गाविस अध्यक्ष विजयी बनाउन सफल भएका थिए ।  सफल भएका भूसाल परिवार २०४९ कार्तिक १७ गते बाँकेको कोहलपुर बसाइ सराई गराई बसोबास गर्दै आएका छन।

भूसालले २०५० सालमा पार्टीको सदस्य बाँकेमा स्थान्तरण गराएको थिए । उनले २०५३ साल चैत २३ गते साविक रझेना गाउँ कमिटिको अध्यक्ष भई २०५४ सालको स्थानीइ निकायको निर्वाचनमा अध्यक्ष र गाविस उपाध्यक्ष विजयी गराउन सफल भएका थिए ।

भूसाललाई २०६६ सालमा उद्योग बाणिज्य संघमा पार्टीको तर्फ बाट कोषाध्यक्षको जिम्मेवारी पाएका थिए ।  बाणिज्य संघमा रही भूसालले व्यापारीहरुका समस्या समाधान तर्फ केन्द्रित रहेर कार्य सम्पादन गरेका थिए । बाणिज्य संघमा रही भूसालले व्यापारीहरुका समस्या समाधान तर्फ केन्द्रित रहेर कार्य सम्पादन गरेका थिए । २०६८ साल कार्तिक २० गते देखी भूसाल नेकपा एमालेको नगर कमिटि उपाध्यक्ष चयन भए । उनले पार्टी संगठन चलायमान बनाउन पार्टीमा सदस्यता भित्राउने जस्ता कामहरु गरेका थिए । २०७१ साल फागुन १५,१६,१७ सम्म भएको राज्य पुनरसंरचना पहिलो प्रथम नगर अधिवेशन बाट निर्वाचित कोहलपुर नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले नेता ईश्वर पोखरेलसंग भुसाल\

राज्य पूनरसंरचना पछि नगर सचिव २०७८र ७ र ९ सम्म। २०७८र ०७र११ गते बाट पुन नगर कमिटी अध्यक्षमा निर्वाचित भएका उनी
२०६४ र २०७० सालको संविधान सभा निर्वाचन मा निरन्तर निर्वाचन परिचालमा खटिएका उनी २०७० सालको निर्वाचन मा आर्थिक संयोजकमा का रुपमा समेत कार्य अनुभव बटुलेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कोहलपुरको नगर प्रमुख र प्रदेश सासंद का प्रवल दावेदार भूसालले पार्टीको हितका लागि आफ्नो उम्मेदवारी त्यागेका थिए । र आम निर्वाचमा र प्रदेश निर्वाचनमा दुवै उम्मेदवारलाई विजयी बनाउन सफल भएका भूसाल फेरी नगरको अध्यक्षमा निर्वाचित भएका छन । अब भूसालका सामु भुगोल र क्षेत्रियता व्यवस्थापन मुख्य चुनौति रहेको छ ।

पछिल्लो समय कोहलपुरमा भेगिय राजनितिको दबदवा रहेको अवस्थालाई भूसालले कसरी व्यवस्थापन गर्न सक्छन भन्ने आम चासो नेकपा एमाले भित्र छ ।

स्थानीय तहको निर्वाचन अब ६ महिना पनि बाँकी छैन त्यसको व्यवस्थापन प्रदेश र संघको आकाक्षीहरुको व्यवस्थापन अर्को मुख्य चुनौति भूसालका सामु देखिन्छ । राजनितिक निकास एक विषय मान्न सकिन्छ तर बसोबासको र पश्चिमेली र पूर्वेलिको नारा अझै मूल पार्टीको समस्याका रुपमा चित्रण गर्ने गरिन्छ ।

क्षेत्रियताको बाग्लो बस्ति र नेतृत्वका आकाक्षीहरुलाई व्यवस्थापन कसरी गर्ने छन भूसालले त्यो हेर्न बाँकी छ । यही तथ्य सहित निर्वाचित सबै ७५ सदस्य नगर कमिटिलाई हार्दिक बधाइ ।

 

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech