२१ बैशाख २०८२, आईतवार

जुवा खेल्ने दुई जना पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज /जुवा खेल्ने दुई जनालाई बाँके  प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिकाबाट उनीहरू पक्राउ परेका हुन् ।

खजुरा गाउँपालिका वडा नं-२ ए गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेकाे अवस्थामा ईलाका प्रहारी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके जानकी गाउँपालिका वडा नं-३ बस्ने २८ वर्षीय असोक बर्मा र भारतकाे बहराईज जिल्लास्थित रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई पक्राउ गरेको छ ।

आईतवार राती करिब ९ बजे पक्राउ परेका उनीहरूकाे साथबाट साठी हजार पाँच सय नगद र १८ गड्डी तास सहित फेला परेकाे जनाईएकाे छ ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech