बाँके\ नेपालगञ्जमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ । फुटबल प्रतियोगिता दुई दिन सम्म खेलिने छ ।
पहिलो दिनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता बाँके र कालिकोट विच भएको हो ।
पहिलो दिनको मैत्रीपूर्ण फुटवलव प्रतियोगिता बाँके जिल्ला विजयी भएको छ । बाँकेले कालिकोटका विरुद्ध ३ (तिन) गोल गरेको थियो । मैत्रिपूर्ण प्रतियोगितामा १ (एक) गोल गरेको थियो । प्रतियोगितामा बाँकेका तर्फ बाट लक्षमण रानाले १(एक) गौतम थारुले १ (एक) गोल र सुदिप थापा मगरले १ (एक) गोल गरेका थिए । यसै गरी कालीकोट जिल्लाका तर्फबाट सुरज शाहीले १ (एक) गोल मात्र गरेका थिए ।
प्रतियोगिताको उद्घाटन भेरी ट्रक व्यवसायक तथा ट्याङकर संघका बाँकेका अध्यक्ष किसन गुरुङले गरेका थिए ।
मैत्रीपूर्ण फुटवल प्रतियोगिताको राझा स्थित भैरव प्रसाद गणले प्राविधिसहयोग गरेको छ ।
खेलाडिहरुलाई जर्सी २० थान जापान बस्दै आएका पूर्व बाँकेका फुटबल खेलाडि सुशिल मल्ल र नविन वलीले सहयोग गरेको एन्फा फुटवल प्रशिक्षक युराज शाहीले जानकारी गराएका छन।