बाँके\सल्यानको जैपानीबाट दाङ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
आज विहान पौने ११ बजे ना २ ख २५५२ नम्बरको ओभर स्पीड भएर दुर्घटना हुँदा २ जना बालबालिकासहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गोविन्द थापाले लोकान्तरलाई जानकारी दिए ।
‘घटनास्थलमा ५ जनाको अस्पताल जाँदा जाँदै ३ जनाको मृत्यु भएको अन्य यात्रुहरूको उपचार भइरहेको छ,’ डीएसपी थापाले भने,‘बसमा २५ जना सवार भएको हामीले पाएका छौं ।’
उनका अनुसार घटनास्थलबाट सबैलाई उद्धार गरिएको छ ।