नेपालगन्ज\ कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगर सभापतिका लागि भएको निर्वाचनमा उपमेयर उमा थापा मगर पराजित भएकी छन् ।
बिहीबार राति भएको गणनापछि उपमहानगर सभापतिका लागि प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनले २सय ४३ मत ल्याएका थिए ।प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै विनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले बताए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा सभापतिसहित संस्थापन (देउवा)पक्षको पूरै प्यानल निर्वाचित भएको हो ।
उक्त निर्वाचनमा संस्थापन पक्ष(देउवा पक्ष)ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडि बढाएको थियो भने संस्थापन पक्षकै रिजालले पनि अफनो प्यानल खडा गरेका थिए । संस्थापन इतरपक्षबाट थापाले आफ्नो प्यानल खडा गरेकी थिइन् । नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।