२३ बैशाख २०८२, मंगलवार

बाँकेमा उम्मेदवारी घोषणा गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल
  • न्युज मानसराेवर

बाँके \ नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा बाँके जिल्ला बाट उम्मेदवार घोषणा  गर्ने  कार्यले तिब्रता पाएको छ ।
दशौँ राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा बाँके जिल्ला बाट उम्मेदवारी सार्वजनिक गर्ने माध्यम सामाजिक संजाल फेसबुक बनेको छ ।

सामाजिक सञ्जाल मार्फत उम्मेदवार विजयी गराउन अपिल समेत गरेको पाइएको छ ।  यो क्रम सामाजिक सञ्जालमा  उम्मेदवारी दिने अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

लामो समय सहकारी अभिन्तामा क्रियाशिल बाँके नेपालगञ्ज निवासी विजया धितालले सामाजिक सञ्जाल मार्फत केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी रहेको जानकारी गराएकी छिन । धिताल नेपाली काग्रेसका स्व सभापति एवम प्रधानमन्त्री सुशिल कोइराला सँग प्रतिस्पधा समेत गरेकी महिला हुन।

यसै गरीनेकपा एमाले नगर कमिटि अध्यक्ष समेत रहेकी बसन्ती अधिकारी दशौँ राष्ट्रिय महाधिवेशनमा खुल्ला महिला तर्फ बाट केन्द्रिय सदस्य उम्मेदवार घोषणा गरेकी छिन ।

बाँके जिल्ला बाट समावेशी कोटा मार्फत बाँकेका दलित युवा नेता पुजन विश्वकर्माले पनि सामाजिक सञ्जाल मार्फत केन्द्रिय सदस्यमा उम्मेदवारी दिइएका छन ।

नेता पुजन विश्वकर्मा अध्यक्ष केपी शर्मा ओली सँग।

यसै गरी दशौँ राष्ट्रिय महाधिवेशनमा जनजाति तर्फ केन्द्रिय सदस्यमा   निरक गुरुङ असोक कर्मचार्यको उम्मेदवारी हुने बुझिएको छ। गुरुङ एमाले बाँकेका बर्तमान जिल्ला अध्यक्ष हुन। निरक गुरुङ

यसै गरी मुस्लिम तर्फ बाट हलिन शाहको उम्मेदवारी रहेको छ । खुल्ला केन्द्रिय सदस्यमा नेकपा एमाले बाँकेका पूर्व जिल्ला अध्यक्ष सुर्य ढकालको उम्मेदवारी रहेको छ। पार्टी विभाजको मोडमा जिल्लाको बागडोर समालेका ढकालले बाँके जिल्लामा एमालेको क्रियाशिलतामा तिब्रताका साथ संगठन निमार्णमा उल्लेख्नीय कार्य सम्पादन गरेका व्यक्ति हुन ।

सुर्य ढकाल

भने भुगोल बाट केन्द्रिय सदस्यमा पूर्व सांसद देवराज भारको उम्मेदवारी रहेको बुझिएको छ ।

देवराज भार

यद्यमी आधाकारी घोषणा भने कसैले पनि गरेका छैनन ।

 

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech