८ मंसिर २०८१, शनिबार

बैजनाथमा स्थानीय खेलकुद विकास समितिको कार्यालय उद्घाटन
  • न्युज मानसराेवर

बाँके बैजनाथर \ बैजनाथ गाउँपालिका स्तरीय खेलकुद विकास समितको कार्यालय उद्घाटन गरिएको छ ।

खेलकुद विकास समितिको कार्यालय उद्घाटन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचालले समग्र खेलकुदको विकासमा समितिको क्रियाशिल हुने विस्वास व्यक्त गरे ।’ उनले समितिमा नियुक्त गरिएका  सदस्यहरूको काँधमा बैजनाथ गाउँपालिका समग्र क्षेत्रको खेलकुद विकासको जिम्मेवारी रहेको बताए ।

स्थानीय खेलकुद विकास समितिको कार्यालय गाउँपालिकाको निर्माणधि कार्यालय संगै उद्घाटन गरिएको हो।खेलकुद विकास समितिका १२ जना सदस्यहरूलाई गाउँपालिका अध्यक्ष मान बहादुर रूचालले नियुक्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए।स्थानीय खेलकुद विकास समितिकोअध्यक्षमा स्थानीय बैजनाथ गाउँपालिका वडा न ६का युवा दिल बहादुर विश्वकर्मा लाई नियुक्त  गरिएको थियो । नियुक्त गरिएको १२ जना विभिन्न क्षेत्रमा आवद्ध रहेको छन । उनीहरु स्थानीय क्लब संस्थात विद्यालय लगाएत क्षेत्र बाट समावेश गरिएको हो ।

समितिले गाउँपालिका बाट खेलकुलका क्षेत्रमा विनियोज गरिएको रकम खेलकुदका क्षेत्रमा खर्च गर्न सक्ने छ ।

शाखाको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख विश्वराज ढकाल लाई  जिम्मेवादी प्रदान गरिएको छ ।

विकले न्यूज मानसरोवर डट कम संग संक्षिप्त कुरा गर्दै बैजनाथ गाउँपालिका स्तरमा समग्र खेलकुद विकास र क्लबहरूको स्तर उन्नतमा सक्रिय भूमिका आफ्नो रहने उल्लेख गरेका छन ।स्थानीय खेलकुद विकास समितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था रहेको छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाअध्क्ष शारदा रेग्मी विक बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी  वडा अध्यक्ष सदस्य सचिव युवा तथा   योजना शाखा प्रमुख डोटी नेपाली लगाएतको सहभागिता रहेको थियो ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech