बाँके\ राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा बाँकेका डा. धवलशम्शेर राणा विजयी भएका छन् ।
लिङदेन पक्षका राणाले सर्वाधिक २२२१ भोट ल्याएर महामन्त्रीमा विजयी भएका हुन् ।
उनी नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् । पदाधिकारीमा कमल थापा पक्षका उम्मेदवारहरु विजयी हुँदा महामन्त्रीमा भने राणा सर्वाधिक मतका साथ विजयी भएका हुन् ।