बाँके। हेफर प्रोजेक्ट नेपालका जन्म दाता डाक्टर महेन्द्र नाथ लोहनी बाँकेको बैजनाथ गाउँपालिकामा कार्य क्षेत्र अनुगमन गर्न आएका छन।हेफर मोडेलमा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढीकरण परियोजनाको दातृय निकाय बाट कार्य क्षेत्र अनुगमन गर्नाको लागि डाक्टर लोहनी सहित अमेरिका, युरोप, भारत, बंगलादेश हेफरका प्रतिनिधिहरु आज बाँकेको बैजनाथ गाउँपालिका वडा न ४ मा आएका हुन।
हेफर ईन्टरनेशनलका बरिष्ठ उपाध्क्ष समेतको जिम्मेवारीमा रहेका डा. महेन्द्र नाथ लोहनी विभिन्न देशका हेफर प्रतिनिधिहरुले बैजनाथ वडा न ४ स्थित हरियाली महिला समूहका सदस्यहरु संग अन्तरक्रिया समेत गरेका थिए ।
अन्तरक्रिया पश्चात डा महेन्द्र नाथ लोहनीले समुहका महिला दिदीबहिनी हरुलाई आत्म निर्भर बनाउका लागि ३० वर्ष पहिला नेपालमा पाइलट परियोजना संचालन गरेको स्मरण गरे । लोहनीले यहाँहरु अहिले भर्खर समुहमा आवद्ध हुनु भएको छ ‘अब हामी २ वर्ष पछि तपाईहरु सँग परियोजनाका उपलब्धी र यहाँका जीवनमा आएका परिवर्तन बारे फेरी अन्तरक्रिया गर्ने छौँ ‘लोहनीले भने ।
उनले तपाईहरु मध्य एक्लैले नेता ज्यूहरुलाई आफ्नो समस्यहरु भन्नु भयो भने सुन्नुहुन्न र आउनु पनि हुन्न तर तपाईहरु समुहमा आवद्ध ५० हजार छौँ आउनु पर्यो भन्नु भयो भने त प्रधानमन्त्री ज्यू पनि आउनु हुन्छ।’ तपाईका समस्याहरु सुन्न।’ यो एकताको लागि र महिला शसत्तिकरण नेतृत्व विकासका लागि महत्वपूर्ण कार्यक्रमका रुपमा लिन सकिन्छ ‘लोहनीले भने ।
बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा बैजनाथ गाउँपालिकामा विगत २ वर्ष एता साना किसान उद्यमी सुदृढीकरण परियोजना संचालनमा छ । हाल बैजनाथमा उद्यमीहरुको लागि सहकारी मार्फत समुहमा उत्पादित बस्तुहरुको बजारीरकण समेत शुरुवात गरिएको छ ।
कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियार ,पत्रकार ,हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।