२० बैशाख २०८३, आईतवार

बैजनाथमा अनेरास्ववियु पालिका स्तरीय कमिटिको प्रथम सम्मेलन सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \ नेकपा एमाले निकट बैजनाथ गाउँपालिका स्तरीय अनेरास्ववियु को प्रथम सम्मेलन सम्पन्न गरेको छ ।  नेकपा एमाले निकट पालिका स्तरीय अनेरास्ववियुको आयोजनामा प्रथम सम्मेलनको आयोजना गरिएको हो ।

पालिका स्तरीय सम्मेलनको उद्घाटन शत्रमा बोल्दै  प्रमुख अथिति नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले युवा नेतृत्व पार्टीको जीवन रहेको बताए ।’उनले समृद्ध नेपाल खुसी नेपालीको अभिभारा अब युवा पुस्तामा आएको बताउदै अब हुने निर्वाचनमा युवाहरुलाई केन्द्रित रहन आग्रह गरेका छन।

अनेरास्ववियु पालिका स्तरीय कमिटिका अध्यक्ष कृष्ण चन्द ठकुरीको अध्यक्षतामा कार्यक्रमका संचालन गरिएको थियो ।

कार्यक्रममा पालिका स्तरीय नेकपा समाजवादी विद्यार्थी कमिटि अध्यक्ष भानु भक्त शाही अनेरास्ववियु मा प्रवेश गरेका छन ।

अनेरास्ववियु पालिका स्तरीय प्रथम सम्मेलनमा  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपति ,नेकपा एमालेका युवा नेता घननाथ खनाल ,नेकपा एमालेका नेता नन्द्र विश्वकर्मा ,अनेरास्ववियु बाँकेका नेता लगाएतको कार्यक्रम सफल्ताको शुभकामना दिएका थिए ।प्रथम सम्मेलनमा  नेकपा एमाले निकट संयौँ विद्यार्थी नेता तथा कार्यकर्ताहरुको बाग्लो उपस्थिति  रहेको थियो ।

पालिका स्तरीय अनेरास्ववियु कमिटि गठन

बैजनाथ पालिका स्तरीय अनेरास्ववियु अध्यक्षमा कृष्ण चन्द्र ठकुरी सर्वसहमति चयन भएका छन । पालिका स्तरीय प्रथम अधिवेशन बाट ठकुरीको अध्यक्षतामा ३३ सदस्यीय कमिटि सर्वसहमतिमा गठन भएको हो ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech