बाँके \नेकपा एमाले जिल्ला कार्य समितिको १९ औँ बैठक सम्पन्न गरिएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालको प्रमुख अथितिमा जिल्ला कार्य समितिको बैठक बसेको हो ।
१९ औँ बैठकले विविध निर्णय समेत गरेको छ । नेकपा एमालेको जिल्ला कार्य समितिले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावको लागि प्रदेश कमिटी मा चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठक बारे जानकारी दिदै बाँके जिल्ला इन्चार्ज ढकालले भारति खनाल महिला ,नन्दलाल विश्वकर्मा दलित ,बेदनिधि प्याकुरेल अन्य ,गिरिराज पाठक मधेसी तर्फ बाट नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन।
नन्दलाल विश्वकर्मा( दलित )
भारति खनाल (महिला )
बेदनिधि प्याकुरेल (अन्य)
(मधेसी )