१३ मंसिर २०८१, बिहीबार

२९ वटा डमरुलाई जन्म दिएकी चर्चित ‘कलरवाली’को मृत्यु
  • न्युज मानसराेवर

बाँके\ संसारमा लोकप्रिय बघिनी ‘कलरवाली’को मृत्यु भएको छ ।

कलरवाली बघिनी संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित  थिइन् ।

भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको  यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले शनिवार मृत्यु भएको बताइएको छ।

यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् ।

बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५ मा भएको जनाएको छ ।

भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् ।

उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

 

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech