बाँके\ आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ । ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ ।
दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ ।
यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ ।
१ तपाईं गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफूल खान थाल्नुस् । यिनमा भिटामिन ए भरपूर हुन्छ ।
२ बिहान उठेर -याल आँखामा गाजल जसरी दल्दा पनि आँखाको तेज बढ्छ ।
३ दिनदिनै पाइताला र खुट्टाका औंलामा सर्स्युँको तेलले मालिश गर्दा पनि आँखाको तेज बढ्छ ।
४ पालुंगोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछन् ।
५ राति सुत्नुअघि दूधमा पिँधेको अलैंची अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छन् ।
६ दुवै हत्केला रगडेर तातो बनाउनुुस् र तिनले आफ्ना आँखा छोप्नुस् । यसो गर्दा आँखाका मांसपेशीले आराम पाउँछन् ।
७ काम गर्दागर्दै आँखालाई आराम दिनुस् । आँखालाई जोड पार्नु हुँदैन ।