१ असार २०८२, आईतवार

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\ एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्ने भएको छ। बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार दुई वटा एजेण्डामा बैठकमा छलफल हुने छ। स्थानीय निर्वाचन समयमै गराउन दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने उनले बताए।

उनका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिलालगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन्।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन्।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech