१८ असार २०८३, बिहीबार

गाउँपालिकामा भूमि प्रशासन कार्यालय स्थापना
  • न्युज मानसराेवर

बाँके\बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिकामा मङ्गलबारदेखि भूमि प्रशासन कार्यालय सञ्चालनमा आएको छ ।गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुरको समन्वयमा सो कार्यालय सञ्चालनमा ल्याइएको हो ।

कार्यालय सञ्चालनसँगै अब राप्ती सोनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता, नामसारी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, अभिलेख व्यवस्थापन लगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन् । फोटा साभार 

  • १८ असार २०८३, बिहीबार प्रकाशित

  • Nabintech