बुटवल। रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको छ । समृद्ध प्रदेश खुसी जनता भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त लैगिंक समनतातथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको हो ।

मायादेवी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद लामेछानेले कार्यक्रममा स्वागत मतव्य राख्दै स्थानीय तहहरुको सवलीकरणमा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले विकास निमार्ण र सकारात्मक रुपान्तरणका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति श्रीराम यादवले लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहहरुलाई सुशासन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मायादेवि गाउँपालिका अध्यक्ष धुव नारायण चौधरीले स्थानीय सरकारले समावेशिता लाई मध्य नजर गर्दै विकास निमार्णका कार्यक्रमहरु संचालन गरेको दावि गरे ।
उनले महिला शसक्तिकरण का कार्यक्रमका माध्यमबाट समाज रुपान्तरण हुनेमा मायादेवी गाउँपालिका सचेत रहेको समेत बताए ।
कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले गरेको छ । कार्यक्रममा कार्यपालिका सदस्य वडा अध्यक्ष विषयगत शाखाका प्रमुख वडा सचिव लगाएतको सहभागिता रहेको थियो ।













