बैजनाथ\ नेकपा एकिकृत समाजवादी दलका जिल्ला कमिटी सदस्य तथा बैजनाथ गाउँपालिका वडा न ६ अध्यक्ष जगंत बहादुर विक फर्के आफ्नो घर एमालेमा फर्केका छन। नेकपा एमालेका प्रदेश कमिटी सदस्य नन्द विश्वबकर्मा, प्रदेश कमिटी सदस्य युवा नेता घननाथ खनाल लगाएत नेताहरुले जगंत बहादुर विकलाई एमाले पार्टी प्रवेश गराएका हुन।
विक २०५३ साल बाट नेकपा एमाले रही विभिन्न जिम्मेवारी समाल्दै आएका थिए । पछिल्लो समय पार्टीको अन्तरविरोधका कारण आफु माधव नेपाल समुहमा आवद्ध रहदै आएको स्कार गरेका विकले लोकतन्त्रको संस्थागत विकास र देशप्रेमी पार्टी नेकपा एमालेमा नै आफ्नो घर फर्केको बताएका छन।













