५ जेष्ठ २०८२, आईतवार

राप्रपा दल त्याग गरे बाँकेका पूर्व केन्द्रिय सदस्यहरुले
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा पछिल्लो समय राप्रपा नेपाल दलमा रहेको अधिकाश नेताहरुले पार्टी त्यागको  घोषणा गरिरहेका छन।  बाँकेका युवा नेता श्रीधर सुवेदी बाट शुरु भएको पार्टी परित्याग पछिल्लो समय  अभियानका रुपमा  चलेको छ ।


आज राप्रपा नेपालका पूर्व तिन केन्द्रिय सदस्यहरुले साधारण सदस्य समेत नरहने गरी राप्रपा दल त्याग गरेका छन।  तीन केन्द्रिय सदस्य मध्य पूर्व केन्द्रिय सदस्य बाँके कोहलपुर निवासी हिग्मत ढकालले सामाजिक सञ्जाल मार्फत ३१ वर्षको राप्रपाको यात्रा बाट साधारण सदस्य समेत नबस्ने गरी पार्टी परित्याग गर्दछौँ’। ढकालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन’।  यसरी पार्टी त्याग गर्नेमा पूर्व केन्द्रिय सदस्य बाँके बैजनाथ निवासी टोप बहादुर शाही र खेमराज गौतम रहेका छन। ढकालले समाजिक सञ्जालमा उल्लेख गरेका छन।

राप्रपा नेपालका पूर्व  केन्द्रिय अध्यक्ष कमल थापाले पार्टी परित्याग गरी   नयाँ दल दर्ता अभियानमा लागेका कारण पनि थापा निकट ,वडा\ नगर \पालिका  \जिल्ला \ प्रदेश र केन्द्रिय सदस्यहरुले पछिल्लो समय दल त्याग गर्दै आइरहेको बुझिएको छ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech