१० असार २०८२, मंगलवार

सत्ता घटक दललाई गाउँपालिका द्धारा आठ बुर्दे प्रेस विज्ञप्ती मार्फत प्रतिउत्तर
  • रवि रोकाया

बैजनाथ \ बैजनाथ गाउँपालिकामा सत्ता घटक दलहरुले विभिन्न मितिमा गराएको ध्यानआकर्षण पत्रको बैजनाथ गाउँपालिकाको ध्यानआकर्षण भएको जनाएको छ । बैजनाथ गाउँपालिकाले आज  एक  प्रेस विज्ञप्ती मार्फत आफ्नो ध्यानआकर्षण भएको जनाएको हो ।

गाउँपालिका  अध्यक्ष रुचालले जारी प्रेस विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानआकर्षण पत्र सार्वजनिक गरेका हुन। अध्यक्ष मान बहादुर रुचाल द्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ती मार्फत आठ बुर्दे  प्रतिउत्तर जवाफ दिइएका छन।  नेपाली काँग्रेस  ने.क.पा.माओवादी केन्द्र र एकिकृत समाजवादी  दलले गाउँपालिकालाई विभिन्न बुँदामा  ध्यानआकर्षण तथा विरोध  र  प्रर्दशन समेत  गरेका थिए । उनीहरु मध्य नेपाली कांग्रेसले मिति २०७८।१०।२५ ६ बुर्दे माग सहित गाउँपालिकामा ध्यानआकर्षण गराएको थियो।  भने मिति २०७८।११।२ गते सप्ता घटक दलले सयुक्त विज्ञप्ती  निकाले र गाउँपालिकामा प्रर्दशन समेत गरेका थिए ।

 मिति २०७८।१०।२५ ६ बुर्दे  नेपाली काग्रेसले गराएको ध्यानआकर्ष पत्र

मिति २०७८।११।२ गते  सयुक्त सत्ता घटक दलले  निकालिएको विज्ञप्ती

सप्ता घटक दलले सयुक्त निकालिएको विरोध प्रर्दशको झलक 

 

 ध्यानआकर्षणको प्रति उत्तर प्रेस विज्ञप्ती मार्फत गाउँपालिका अध्यक्षले देहाय बमोजिम बुदाँहरुमा जवाफ दिएका छन।

१) बैजनाथ गाउँपालिका र भूमि सम्वन्धी समस्या समाधान आयोग बिच मिति २०७७।८।२८ गते  सम्झौता भै मिति २०७७।१०।१४ गते देखि भुमिहिन सुकम्वासी ,भूमिहिन दलित, अब्यवस्थित बसोबास लगायतका बिवरण संकलन गर्ने कार्य भै मिति २०७७।११।१३ गते र थप ७ दिनको पुन म्याद थप गरी सो अवधी सम्म वडाहरुवाट (भूमिहिन दलित ९२४) (भूमिहिन सुकुम्वासी १६२७)(अब्यवस्थित बसोबासी७७६४) गरी जम्मा १०,३१५ परिवारको तथ्यांक संकलन भएको साथै यस कार्यालयमा प्राप्त भएका उक्त बिवरणहरु अनलाईन प्रबिष्टिी गर्ने कार्य समेत जारी रहेको छ  ।ती बिवरण सम्वन्धीत आयोगको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा पठाई सकिएको छ ।

२) भुमिहिन सुकम्वासी ,भूमिहिन दलित, अब्यवस्थित बसोबासीको बिवरण पश्चात नापी कार्यालय संग समन्वय गरी वडा नं ६ को २८ घर,ईमिलिटोल,पाल्लागाउँ र लालपुर गरी ३६० कित्ता जम्मा ३५ हेक्टर जग्गा नापजाँच गरिएको छ । साथै वडा नं २ को मकैवारी, पहाडीपुर ,गुनापुरमा प्वाईन्ट पत्ता लगाउने कार्य समेत भएको छ । साथै कार्य गर्दा गर्दै आयोग बिघटन भए पश्चात नाप नक्शा लगायत आयोगले गर्नु पर्ने कार्य रोकिएको हो ।जसमा मागिएको बिवरण उपलव्ध गराउँदा समेत आयोगले यस गाउँपालिका संग सम्झौता नगरेको जानकारी गराउद्छौ ।

३) यस गाउँपालिका भित्र रहेका किसानहरुको बेमौसमी धानवालीको नोक्सानी क्षतिपुर्तिको तथ्यांक समयमा नगएको सन्दर्भमा पालिकाको कृषि शाखा र पशु बिकास शाखामा कार्यरत कर्मचारीहरुवाट किसानको खेतमा गई तथ्यांक संकलन गर्ने कार्य भएको सो को प्रारम्भिक बिवरण वडा नं १ देखि ८ सम्मको ४९६६ प्राप्त भएको पुन उक्त बिवरणका सन्दर्भमा मापदण्ड अनुसारका आवश्यक कागजात र बैक खाता माग गर्ने सम्वन्धी सूचना जारी गर्दा प्राप्त नभएकाले जम्मा ४१२० जना हुन आएको साथै वडा नं ८ वाट ९८ जनाको बिवरण बढी प्राप्त भएको देखिन्छ । उक्त बिषयमा जिल्ला विपद ब्यवस्थापन समितिको बैठकवाट प्रारम्भिक लगत संकलनका आधारमा रु २ करोड ८३ लाख १५ हजार ५ सय ८७रुपैया स्वीकृत भै पालिकास्तरीय सिफारिस समितिमा पेश भएको बिवरणलाई मिति २०७८।१०।२७को निर्णयानुसार श्री कृषिज्ञान केन्द्र बाँकेलाई पठाईएको ।

४) यस गाउँपालिका अन्र्तगतका मा.बि. तहका विद्यालयहरुमा दरवन्दी नभएका बिद्यालय ब्यवस्थापन समितिको मागका आधारमा जुन बिद्यालयमा मा.बि तहका दरवन्दीहरुमा कार्यरत स्थायी शिक्षकलाई माग भएका बिद्यालयमा ब्यवस्थापन गर्ने र झिकिएका विद्यालयमा पालिकाको अनुदान कोटा पठाउने निर्णय भएको ब्यहोरा जानकारी गराईन्छ ।जसमा बिद्यालयको माग र संस्थागत हितलाई ध्यान दिई गरिएको ।
५) विद्यालय ब्यवस्थापन समितिको म्याद समाप्त भएको सन्दर्भमा ः गत आ.व.मा गठन प्रकृया शुरु भएकै अवस्थामा कोभिड १९ माहामारीको दोश्रो लहर आए पछिगठन प्रकृयालाई रोकी माहामारीको सहज वातावरण नहुदाँ सम्मका लागि रोकिएको अर्को र गठन नहुँदा सम्मका लागि सोहि समितिवाट कार्य गर्न भनिएकोमा म्याद समाप्त भएका विद्यालयहरुको सन्दर्भमा अविलम्व ब्यवस्थापन समिति गठन विद्यालय प्रशासनले प्रकृया अगाडी बढाउनु पर्ने हो के कति कारणले बोलाएको छैन सो सम्वन्धमा पालिकावाट शिक्षा तथा खेलकुद बिकास शाखालाई जानकारी गरिएको ।

६)निर्बाचन मिति घोषणा भएकाले प्रशासनिका कार्य बाहेक अन्य कार्य गर्न नपाईने भन्ने बिषयमाःसो सम्वन्धमा निर्वाचन आयोग वाट आचार सहिँता जारी नभएकाले गाउँपालिकाले गर्न पाउने सवै कामहरु गर्दै आएको कुरा जानकारी गराउदछौ ।
७) यस गा.पा.को आ.व. ०७७।०७८ को बेरुजु रकम रु ७ कारोड ४१ लाख ४८ हजारको सन्दर्भमाःगत बर्षको महालेखाको प्रारम्भिक प्रतिवेदन नै प्राप्त नभएको साथै उक्त रकम कुन स्रोतवाट देखिन आएको हो जानकारी नभएकोले सो बिषयका सन्दर्भमा प्रष्ट पार्नु पर्ने देखिएन ।

८) कोभिड १९ को माहामारीवाट प्रभावित अति बिपन्न परिवार नगद हस्तान्तरण कार्यक्रमका सन्दर्भमा ः संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८।७।२५,को पत्रका बिषयमा कार्यपालिकामा छलफल भई पालिकावाट वडा कार्यालयहरुलाई उक्त बिवरण पेश गर्नका लागि जानकारी गरिएको तर हाल सम्म बिवरण प्राप्त नभएको । कोभिड १९ माहामारीवाट अति बिपन्न नगद हस्तान्तरण कार्य बिधि २०७८ अनुसार कार्य गर्न असहज, भएका कारणले सो सम्वन्धमा निर्णय हुन बाँकी छ ।

बैजनाथ गाउँपालिकामा एमालेको बुहुमत रहेको छ । सप्ता घटक दललले स्थानीय निकाय निर्वाचन घोषणा गरेपश्चात गराइएको ध्यानआकर्षण तथा विरोध प्रर्दशन केवल चुनावी रणनितिका रुपमा हुन सक्ने   स्थानीय राजनितिज्ञ , बुद्धिजीविहरुको बुझाइ रहेको छ ।  स्थानीय निकायको निर्वाचनमा बैजनाथ गाउँपालिकामा दुई वडामा नेपाली काग्रेस दल बाट निर्वाचित छन ‘। भने बाँकी वडा तथा पालिका सदस्यमा नेकपा एमाले दल बाट निर्वाचित छन।  बैजनाथ गाउँपालिकामा  कूल आठ वटा वडा रहेका छन। अब हुने स्थानीय तह निर्वाचन लक्षित रणनितिक योजना अनुसार पछिल्लो  समय दलहरुको सक्रियता  बैजनाथम  क्रियाशिल रहेको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech