रुपन्देही \ रुपन्देहीजिल्लाको कञ्चन गाउँपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा तीन दिने परिक्षण संचालन गरिएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरले स्थानीय तहको कार्य सम्पादन मुल्यांकन गर्न पाउदा हर्षित तुल्याएको बताइन।
उनले भौतिक पूर्वाधार विकासको आधारका रुपमा गाउँपालिकाले पहिला निमार्ण कार्य लाई जोडि दिएको बताइन। मगरले सुशासनका क्षेत्रमा धेरै विषयहरु हामीले अझै गर्न बाँकी छ ।
यहाँ परिक्षण कार्यक्रम बाट धेरै सुचकहरु का बारेमा जानकारी प्राप्त भएको बताउदै आगामी दिनहरुमा सूचक कार्यान्वयनमा जोड दिने बताइन।
कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्रका आषिश रणपालले गरेको थिए । कार्यक्रममा वडा अध्यक्ष कार्यापालिका सदस्य विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो ।