७ बैशाख २०८२, आईतवार

विश्वकप छनोट: नेपालले आज फिलिपिन्ससँग खेल्दै
  • न्युज मानसराेवर

काठमाडौँ\ आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज  फिलिपिन्ससँग खेल्दै छ।विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ। नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुदैछ। नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो।नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech