१८ बैशाख २०८१, मंगलवार

ढुङ्गा फुटाउन शुरू मेलम्चीमा
  • न्युज मानसराेवर

बाँके\ मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम शुरू भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले शुरू गरेको छ ।सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।

आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन शुरू गरेको हो ।मुहान सफाइमा माथिल्लो तहमा गिटीबालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएका छन् ।

प्रवक्ता पन्तले ढुङ्गा फुटाउने काम कहिलेसम्म सकिन्छ भन्ने विषय ढुङ्गा कति निस्किन्छ त्यसमा भर पर्ने बताए।अहिले मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा टिप्पर प्रयोग गरेर काम भइरहेको छ । आगामी सातासम्म मुहान सफाइको काम सम्पन्न गरिसक्ने भनाइ प्रवक्ता पन्तको छ ।सरकारले चैतभित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने जनाएको छ । गोरखापत्र दैनिक

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech