१८ असार २०८३, बिहीबार

बैजनाथमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ३ मा बेमौसमी तरकारी खेती सम्बन्धि ३ दिने तालिम समापन गरिएको छ ।

बैजनाथ गाउँपालिका स्तरीय बेमौसमी तरकारी खेती गर्ने २२ जना कृषकहरूले सहभागिता जनाएका थिए । तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका आर्थिक विकास समिति संयोजक लक्ष्मि थारूले स्थानीय सरकारले कृषकमैत्री गुरुयोजना संचालन गरेको बताइन। उनले स्थानीय सरकार उत्पादनमा केन्द्रित मात्र नभएर त्यसको बजारीकरणमा समेत विशेष ध्यान दिएको बताइन।

यसै गरी बैजनाथ गाउँपाकिला वडा न ३ का वडा अध्यक्ष रामचरण थारले यहाँहरुले उत्पादन गरेको तरकारीको बजारीकण गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताउदै उत्पादनमा केन्द्रित रहन आग्रह गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य पद्मा रोकायले तालिममा सहभागी सबैलाई बेमौसमी तरकारी उत्पादनका शुभकामना दिइएकी थिइन। कार्यक्रममा सहजिकरण कृषि शाखा परमुख परमोद कुमार विश्वकर्माले गरेका थिए ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech