१८ असार २०८३, बिहीबार

एसपी श्यामकृष्ण विरूद्ध अख्तियारमा उजुरी
  • न्युज मानसराेवर

बाँके / बाँके जिल्ला  प्रहरी प्रमुख  एसपी श्यामकृष्ण अधिकारी र सरकारी वकिल कार्यालयका एक उच्च अधिकृतविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोमगा उजुरी दर्ता गरिएको छ ।

जानकी गाउँपलिकाकी नन्कुनी धोकीको अपहरण/हत्या घटनामा समेत पीडितको मुद्दा समेत दर्ता नगरी विवादमा परेका एसपी अधिकारी विरूद्ध अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको हो ।

धोबीको जमिन हत्याउने अभियानमा सहयोग पु¥याउनुका साथै नन्कुनी हत्या /अपहरण घटनामा काँग्रेस नेता बाद शाह कुर्मी, रमेश थापा लगायतका व्यक्तिसँग सेटिङ्ग गरी सरकारी वकिललाई समेत प्रभावमा पारेर आर्थिक चलखेल गरेको एसपी अधिकारीमाथि आरोप छ ।

एसपी अधिकारी र सरकारी वकिल कार्यालयका केही कर्मचारीको मिलेमतोमा नन्नकुनीको उक्त जमिन हत्याउन र दोषीलाई कारवाही नगर्न करोडौंको चलखेल गरेको, नेपालगन्जका क्यासिनोबाट मोटो रकम असुली गरेको लगायतका बिषयमा उनी विरूद्ध अख्तियारमा उजुरी परेको महिला अधिकारकर्मी रूवी खान बताउँछिन ।

गएको २० गते अख्तियारमा जिल्ला पुलिस बाँके, एसपी श्यामकृष्ण अधिकारी र सरकारी वकिल कार्यालय बाँकेलाई विपक्षी बनाई उजरी दर्ता भएको अधिकारकर्मी खान बताउँछिन ।उनकाअनुसार अहिले अख्तियारले एसपी अधिकारी र सरकारी वकिल कार्यालयका केही कर्मचारीमाथि आन्तरिक अनुसन्धान थालिसकेको छ ।

उनले बाँके पुलिसका केही उच्च अधिकारीसँगै वडा पुलिसका इन्स्पेक्टरलगायत दर्जन जति पुलिसलाई रकम असुलीको जिम्मेवारी समेत दिएको खुलेको छ । बाँकेका एसपी अधिकारीले पीडितलाई झन पीडा थप्दै पीडक तथा नेपाली काँग्रेसका नेता कुर्मी लगायतका आरोपितलाई संरक्षण गरेको आरोप खेपिरहेका छन ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले स्थलगत अनुसन्धान थालेको हो । बाँके एसपी अधिकारी माथि एकै पटक सिआईबी र अख्तियारले छानबिन तथा अनुसन्धान थालेको खुलेको छ ।

यसले आफुलाई पुलिसवृतमा सिंह झै समझिने डनपाराका एसपी अधिकारीको निदहराम भएको बाँके पुलिसका एक पुलिस अधिकृत नै बताउँछन ।उनलाई शंकास्पद तरिकाले बेपत्ता पारिएको भन्दै गत वर्ष प्रहरीमा उजुरी परेको थियो । सोही घटनाको अनुसन्धानमा सीआईबीको टोली लागेको हो।

सीआईबीले बाद शाह कुर्मीको अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) कमल थापाको नेतृत्वमा एक टोली गठन गरेर अनुसन्धान थालेको छ ।निर्मलाको नाममा रहेको जग्गा र नामसारी भएको कागजात सीआईबीले नियन्त्रणमा लिएरत्यसको अनुसन्धान पनि थालेको छ । स्मरणहोस एसपी अधिकारी पनि काँङ्ग्रेससँग निकटका मानिदै आएको खुलेको छ । डिएसपी सुर्दशन न्यौपाने भने कालो काँग्रेस नै हुन ।

यसअघि क्यासिनोबाट महँगो रक्सी लिएर बदनामी कमाएका एसपी अधिकारी बाँके आएदेखि नै विवादीत छन । उनले यहाँका केही चाकडीवाल पत्रकारको छुल्याईका भरमा पत्रकारितामा राम्रो छवि बनाएका सक्रिय पत्रकारदेखि अधिकारकर्मी दलका नेता, नागरिक अगुवा, व्यवसायीलाई समेत पटक पटक नानाथरी गाली गलौज गर्नुका साथै विभिन्न धम्की दिने गरेको खुलासा भैसकेको छ ।

अहिले उनीमाथि अख्तियारको मात्रै नभई सिआईबीको टोलीले समेत नन्कुनी घटनाको पेरिफेरिमा रहेर अनुसन्धान थालेको छ । यसअघिको सरकारी छानबिन समितिको प्रतिवेदनमा समेत वेवास्ता गरेको एसपी अधिकारीसँग सोधपुछ र उनीमाथि छानबीनका लागि केही दिनमा सिआईबीको टोली नेपालगन्ज आउने तयारीमा रहेको स्रोत बताउँछ ।

करिब ५/६ महिनाअघि सरूवा भएर बाँके आएका एसपी श्यामकृष्ण अधिकारीले सत्य तथ्य समाचार लेखेकै कारण यहाँका केही सक्रिय पत्रकारलाई थुनिदिने र आइन्दा आफु र बाँके पुलिस विरूद्ध समाचार नलेख्न धम्की दिएकाथिए ।

दादागिरीशैलीमा सबैलाई अण्डरमा राखि मोटो रकम असुलीमा सक्रिय देखिएका एसपी अधिकारीले दोस्रो चरणमा यहाँका मानव अधिकारवादीलाई पनि पत्रकारलाई झै धम्की दिदै केही राजनीतिक दलका नेताको छत्रछायाँमा आफुलाई उभाएका थिए । साभार

 

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech