बाँके\ बाँकेको खजुरामा प्रादेशिक विश्वबिद्यालय सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
संघर्ष समितिका संयोजक पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, शिक्षा क्षेत्रका कविन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय सहितको डेलिगेसन टिमले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो ।
मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समिति कडा भन्दाकडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिइएको छ ।