बाँके \हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ।
आज दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेनेछ। अन्य भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
विभागका अनुसार आजराति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पहाडी भूभागका एकरदुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।