बाँके\ नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा बसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आज सम्पन्न दशौँ राष्ट्र्रिय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनले शोभा गौतमलाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन् ।महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे सह कोषाध्यक्षमा छिरिङ डोमा शेर्पालाई निर्वाचित गरेको छ । केन्द्रीय सदस्यहरुमा बाँकेबाट चन्द्र खड्का र बर्दियाबाट रामेश्वर खनाल निर्वाचित भएका छन् ।
श्रेष्ठको अध्यक्षतामा नेपाल स्वास्थ्य प्राविधिक संघमा ७५ सदस्यीय कार्यसमिति चयन गरिएको बाँके बाट निर्वाशचित केन्द्रिय सदस्य चन्द्र खड्काले जानकारी गराएका छन।दशौँ राष्ट्र्रिय महाधिवेशनबाट ३३ बुदे घोषणा पत्र जारी समेत गरिएको छ ।
खड्काले दिएको जानकारी अनुसार पेसागत महासंघबाट अलग हुने निर्णय गर्दै स्वास्थ्यकर्मी हरुको छाता संगठनको रुपमा नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) रहने छ ।