२६ असार २०८२, बिहीबार

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो
  • न्युज मानसराेवर

बर्दिया- यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए।

  • १२ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech