२७ असार २०८२, शुक्रबार

आफताब आलमको मुद्दामा सुनुवाइ हुँदै
  • न्युज मानसराेवर

काठमाडौँ\लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद आफताब आलमको मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

२०६४ चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो । निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

  • २ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech