६ पुष २०८१, शनिबार

आज दिनभरको मौसम कस्तो रहला ?
  • न्युज मानसराेवर

बाँके\नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेशमा सामान्य देखि पूर्ण बदली  रही   गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रही  प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा भइरहेको विभागको  भनाइ छ ।

शुक्रवार दिउँसो तथा रातिसम्म नै  प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा मा  सामान्य देखि पूर्ण बदली  रही बाँकी भू-भागमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • २७ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech