७ पुष २०८१, आईतवार

हातहतियार र लेनदेन मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै १ बर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका वडा नम्बर ६ का ४५ बर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले शनिबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सिमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

त्यस्तै बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेबाट २०७९ जेठ ५ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का ४८ बर्षीयग लुराम थारुलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १ बर्ष जेल सजायको फैसला सुनाएको थियो ।

जेल सजायको फैसला आएयता फरार रहँदै आएका थारुलाई आइतवार बिहान बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारुलाई आबश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech