बैजनाथ\ बैजनाथ गाउँपालिका वडा नं २ मा पहिलो पुस्ता बाख्रा उपहार प्रदान गरिएको छ । स्वालम्वि समूह व्यवस्हथापन तालिम समापन कार्यक्रमका विच उपहार प्रदान गरिएको हो । बैजानथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रम अन्र्तगत गठन भएको शान्ति महिला समूह जव्दवाले उपहार समूह जुनताराका सदस्यलाई प्रदान गरेका हुन ।
कार्यक्रममा ७ माउ बाख्रा उपहार प्रदान गरिएको हो । यस अघि सोही समूहले १० वटा माउ बाख्रा उपहार प्रदान गरि सकेको छ । कार्यक्रम वडा सदस्य सिता देवि विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सिता विश्वकर्माले गाउँपालिकाकलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमले दिदी बहिनीको जीवनमा ल्याएको अतुलनिय परिर्वतन भएको देख्दा धेरै खुशी लागेको उनले बताइन । नवनिर्वाचित वडा सदस्य शोभा चौधरीले आफू पनि सरस्वती महिला समूहमा आवद्ध हुन पाउँदा आफू निकै नै हर्षित भएको बताइन । वडामा गठन भएका २९ समूहका ७०० जना दिदी बहिनीहरुको सुख दुख मा प्रत्यक्ष संलग्न हुने चौधरीले बताइन । २९ समूहको संयोजक समेत रहेकी शोभा चौधरीले बैजानथ सामाजिक उद्यमी महिला सहकारीका माध्यमबाट महिला उद्यमीको विकास गर्नु पर्नेमा जोड दिइन । बैजनाथ गाउँपालिकाले कृषि तथा पशु वस्तुको बजारिकरणकालागि ढुवानीकको साधन उपलब्ध गरेकाले सम्पूर्ण सदस्यलाई सो मार्फत ढुवानी गर्न उनले अनुरोध समेत गरिन ।स्वालम्वि समूह व्यवस्थापन तालिम असार ०८ बाट प्रराम्भ भएको थियो भने तालिम सहजिकरण सहजकर्ता सिता जैशी गरेकी थिइन । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र आ.सि.डि.सीको सहजीकरणमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना गाउँपालिका वडा न २ मा ७०० घरधुरीमा प्रत्यक्ष काम गरि रहेको छ ।
परियोजना मार्फत यस क्षेत्रमा ६० सुधारिएका खोर निमार्ण,२२६ माउ बाख्रा, १८ विउ बोका, ०६ बंगरका पाठी, विभिन्न जातका डाले तथा भुई घाँस, तालिमहरु समूहलाई प्रदान गरिएको छ । ५ सय सदस्यहरु सहकारीमा आवद्ध भई उद्यमीको बाटोमा लम्कि रहेका छन । कार्यक्रम शान्ति महिला समूहका अध्यक्ष जयसरा भण्डारीले समापन गरेकी थिइन । कार्यक्रमा समूहका सदस्य,समूदायका महिला तथा पुरुष र कर्मचारीको सहभागीता रहेको थियो ।