१२ मंसिर २०८१, बुधबार

जामुन खाँदा यी कुरामा ध्यान दिनुहोस् नत्र उल्टो असर देखिनसक्छ
  • न्युज मानसराेवर

बाँके\जामुन स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो। यसमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ। विशेष गरेर यसमा एस्ट्रन्जेन्ट र एन्टी ड्युरिकजस्ता शरीरका लागि फाइदाजनक गुण पाइन्छ। यसका साथै जामुनको सेवनले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग पुग्दछ। मधुमेहका रोगीले जामुनको बियाँ सुकाएर धुलो बनाई सेवन गर्दा धेरै फाइदा पुग्दछ।जामुन खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ। यसको सेवनले मुटुलाई स्वस्थ  र बलियो बनाउन मद्धत गर्दछ। जामुन सेवन गर्दा पाचन शक्ति बढ्नुका साथै कब्जियतको समस्यालाई समाधान गर्दछ।

जामुनमा एण्टी अक्सिडेन्ट रसाइनको मात्रा पनि पाइन्छ। जसले छालालाई चम्किलो बनाउन सहयोग गर्छ। त्यस्तै यो भिटामिन ‘सि’को राम्रो स्रोत हो। जुन आँखाको ज्योतिका लागि आवश्यक छ। यसले आँखाको कर्नियामा पाइने कोलेजन र कनेक्टिभ टिस्यू बनाउन र यसलाई सन्तुलनमा राख्नका लागि सहयोग गर्दछ।

तर, यसको सही तरिका र समयमा सेवन नगर्दा भने उल्टो असर देखिनसक्छ। त्यसैले जामुनको सेवन गर्ने सही तरिका र समयको बारेमा ख्याल राख्न जरुरी छ।

यी वस्तुहरूका साथ भुलेर पनि जामुन नखानुहोस् 

जामुन खाएपछि पानी नपिउनुहोस्ःजामुन खानेवित्तिकै पानी पिउनु हुँदैन। यसले विभिन्न प्रकारका समस्या हुनसक्छ। जस्तैः पखाला लाग्ने, पाचन शक्ति कमजोर हुने। त्यसैले जामुन खाएपछि ३० देखि ४० मिनेट पछि मात्र पानी पिउनुपर्दछ।

खाली पेटमा जामुनको सेवन नगर्नेःखाली पेटमा जामुन खानु स्वास्थ्यका लागि हानीकारक हुनसक्छ। विहानै खाली पेटमा जामुन खाँदा पेट दुख्ने, पोल्ने, एसिडिटी हुनेलगायतका समस्या हुनसक्छ। त्यसैले खाना खाएपछि मात्र जामुनको सेवन गर्नु राम्रो हुन्छ।

बेसारयुक्त खानासँगै नखानुहोस्ःबेसारयुक्त खाना खाएपछि जामुन खानु हुँदैन। जसका कारण पेट पोल्ने समस्या देखिनसक्छ। त्यसैले बेसार खाएको ३० मिनेटपछि मात्र जामुन खानु राम्रो मानिन्छ।

दूधसँग नखानेःजामुन खानेवित्तिकै दूध पिउनु वा दुग्धजन्य पदार्थको सेवन गर्नु हानिकारक हुनसक्छ। यसले पाचन प्रणालीसम्बन्धी समस्या जस्तै, ग्यास्ट्रिक, अपच तथा पेटसम्बन्धी समस्या देखिनसक्छ।
अचारसँग नखानेः हामीले विभिन्न खानेकुराहरू अचारसँग खाने गर्छौं। तर, जामुन अचारसँग खानु हानिकारक हुनसक्छ। यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech