बाँके बैजनाथ । संरक्षणका लागि युवाहरु पहिलो आधार भन्ने सहभागीहरुले एक कार्यक्रममा जोड दिएका छन् ।
समुदायमा जीव ,वनस्पति संरक्षण गर्ने सोचको विकास गर्दै आफु र आफ्नो समुदायको परिवर्तनकालागि युवाहरुको भूमिका अपरिहार्य रहेको अन्तरक्रियामा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले आफ्नो धारणा राखे ।
शाहले भने यसको संवाहक युवाहरु नै हुन । अन्तरक्रियामा बोल्दै शाहले समुदायमा नै संरक्षण सचेतना भयो भने संरक्षण अपराध नियन्त्रण हुने छ ,उनले
भने ।
राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने मध्यवर्ती क्षेत्रमा रहेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालको आयोजनामा संचालित अन्तरक्रिया युवाहरुका निम्ति अवसर र सम्भावनाका रूपमा लिनु पर्छ , चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जाल अध्यक्ष कृष्ण चौधरीले भने उनले जैविक विविधता संरक्षाणामा सहभागि हुन पाउनु र हरित उद्यम मार्फत रोजगार र स्वरोजगार सृजना गरिनु पर्ने बताए ।
मध्यवर्ती क्षेत्रमा १० हजार युवाहरु रहेको र ति युवाहरुलाई संरक्षण अभियानमा सहभागिता गराउन बाँके राष्ट्रिय निकुञ्जले पहल गर्न आवश्यक रहेको कार्यक्रममा आफ्नो धारणा राखे ।
मध्वर्ती ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले संरक्षणका लागि सरोकारवालाहरु राष्ट्रिय निकुञ्ज, नेपाली सेना र मध्यवर्ती क्षेत्रका जनसमुदाय बिचको सुमधुर संरक्षण सम्बन्ध कायम गरिनु पर्ने बताए । खड्काले संरक्षण अभियान सँगै युवा लक्षित कार्यक्रमका लागि संरक्षण साझेदार संघसस्थासग आग्रह गरे ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा संचालित अन्तरक्रिया कार्यक्रममा युवाहरुलाई खेल सामाग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री श्रीमेहर गणका गणपती जीवन शर्मा लगाएत स्थानीय युवाहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो ।