बाँके\सरकारले मानव अधिकार पुरस्कारका लागि आवेदन माग गरेको छ। मानव अधिकारको संरक्षण र संवर्द्र्धनमा उल्लेखनीय योगदान पुर्याउने एक व्यक्ति र एक संस्थालाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सरकारले मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ।
यस वर्ष प्रदान गरिने मानव अधिकार पुरस्कारका लागि इच्छुक योग्य व्यक्ति तथा संस्थाले मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८ बमोजिम आवश्यक कागजात संलग्न गरी पठाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आग्रह गरेको छ।
२१ दिनभित्र मन्त्रालयमा आवेदन दिइसक्नु पर्नेछ। infolaw@moljpa.gov.np मा आवेदन पठाउनु पर्नेछ।











