३० असार २०८२, सोमबार

कस्तो रहला आजको मौसम ?
  • न्युज मानसराेवर

बाँके\शुक्रवार बिहान देशको पहाडी भूभागमा मौसममा  आंशिकदेखि सामान्य बदली रहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो  देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ।आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech