बाँके (खजुरा) : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले नेपालका कम्युनिष्टहरु विकासको पक्षधर हुन नसकेको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ कार्यसमितिले बिहीबार खजुरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो देशका कम्युनिष्टरु विकासको पक्षधर हुन सकेन्न, कम्युनिष्ट भन्नेहरुलाई जनताको विकास, उन्नती, प्रगति र पक्षमा बोल्न लगाउनुछ,’ उनले भने ‘त्यसकारण यो गठबन्धनको आवश्यकता भएको हो, लोकतन्त्रप्रति प्रतिवद्ध गराउनका लागि गठबन्धन आवश्यक छ ।’
कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिवद्ध गराउनका लागि गठबन्धन आवश्यक परेको बताए । कम्युनिष्टले संबिधान कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि देशको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सम्हालेको उनले बताए ।नेपालमा सच्चा कम्युनिष्ट पार्टी नरहेको उनको भनाई छ । ‘यो देशमा कुनै कम्युनिष्ट पार्टी छैनन्, तर धेरै पार्टी छन्,’ राठौंरले भने ।
क्षेत्रीय सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्य बादशाह कुर्मी, आशा बिक, महासमिति सदस्य मेघराज ओली, कपिलदेव शर्मा, लक्ष्मीनारायण शाह, दुखिराम लोनिया, उमा थापा, देवबहादुर खत्री, नेपाली कांग्रेस बाँकेका सहसचिव बिनोद थारु, जिल्ला सदस्य देउफल यादव, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिजाली, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, जानकी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगदिश हरिजन लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालन कांग्रेस क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओलीले गरेका थिए ।