९ बैशाख २०८२, मंगलवार

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
  • न्युज मानसराेवर

बाँके\पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। दसैँ आउन लागेको भन्दैमा व्यवसायीले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचालु गर्ने निर्णय भएको छ। सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ।

तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ।

  • ३० भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech