१२ मंसिर २०८१, बुधबार

राहत माग्न नरैनापुर गाउँपालिकामा भिड
  • न्युज मानसराेवर

बाँके\बाँकेको सुक्खाग्रस्त नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै सर्वसाधारणहरू राहत माग्न गाउँपालिका पुग्न थालेका छन् ।

खडेरीका कारण त्यहाँको खेत बाँझै छ । सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् ।

गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरी सुरु भएको बताए । ‘भोकमरीबाट पीडित किसानहरू अहिले ठूलो संख्यामा गाउँपालिका आउने गरेका छन गाउँपालिका अध्यक्ष शाहले भनेका छन।

नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको अभिलेख छ । सुक्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३/३ वटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech