बाँके\११ औँअन्तराष्ट्रिय बालिका दिवस बाँकेमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बालिकाहरुको संरक्षण र उनीहरुको अधिकारमा पहुाच पुर्याउने उद्धेश्यका साथ राष्ट्रसंघको आव्हानमा गएको वर्षदेखि बालिका दिवस नेपालमा मनाउन थालिएको हो ।
दिवसको यस वर्षको नारा बालिका शिक्षामा नवीनता भन्ने तय गरेको छ । विगत २ दशकमा बालिका शिक्षामा उल्लेख्य सुधार आएपनि सीमान्तकृत समुदायका बालिकाहरु अझै शिक्षा जस्तो आधारभूत अधिकारबाट बन्चित रहनुपरेको राष्ट्रसंघको भनाइ छ ।
देशमा विभिन्न भागहरुमा हाल बालिका दिवस पर्वका रुपमा मनाउने चलन शुरुवात भएको पाईन्छ। त्यसै क्रममा बाँकेको बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका (पढ्नका लागी कोठा) रुम टु रिड कार्यक्रम अन्तरगर्त मनाइएको छ ।
बैजनाथ गाउँपालिका वडा न२ स्थित जनता आर्दश मावि बाल विवाह सम्बन्धी सडक नाटक वक्तित्वकला तथा र्याली समेत निकालिएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।
त्यसै गरी सुर्योदय मावि बैजनाथ १ ,बैजनाथ ४ स्थित विपी माध्यमिक विद्यालयमा वक्तित्वकला बैजथनाथ ८ स्थित भगवति माविमा बेलुन फोड र कुर्सी दौड प्रतियोगिताको आयोजना गरिएको (पढ्नका लागी कोठा) रुम टु रिड कार्यक्रम सहजकर्ता शोभा भण्डारीले जानकारी गराईन। भण्डारीले दिएको जानकारी अनुसार कोहपुर नगरपालिका वडा न २ स्थित लक्ष्मी मावि मा सडक नाटक गरिएको बताइएको छ ।