१४ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्रीले ‘मंसिर ६ गते मतदान गर्न जानु’ भनेपछि…
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ६ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन लागेको भन्दै मतदानका लागि जान आम मतदातालाई आग्रह गरेका छन्।

मंगलबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले झुक्किएर मंसिर ४ को साटो ६ गते चुनाव हुन लागेको बताएका हुन्। ‘चुनाव हुँदैछ मुंसिर ६ गतेको दिनमा। एकै दिन संसद् र प्रदेशको सुरुमा भोट हाल्नुपर्ने छ। त्यसकारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरु, हाम्रो जो गठबन्धन छ, गठबन्धनलाई विजयी गराउनुहुन अनुरोध गर्छु,’ देउवाले भनेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गरेर धनगढी फर्किएका छन्। तीन दिनदेखि धनगढीमा रहेका देउवा चुनावी सभा र भेटघाटमा व्यस्त छन्।

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech