बाँके\योसुफ–एन नेसेरिको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।अल थुमामा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको ४२औं मिनेटमा योसुफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।
सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार जित निकालेकाे मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।सन् २००६ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्ने अवसर खेर फाल्यो । समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।
यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।