१८ बैशाख २०८१, मंगलवार

२४ घण्टामा नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  छिल्लो २४ घण्टामा आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

२४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको
छ ।

देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ ।  हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech