२० असार २०८२, शुक्रबार

नेपालमा अब १७ जनामात्रै छन् कोरोनाका सक्रिय संक्रमित
  • न्युज मानसराेवर

बाँके\स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। १६ सय चार जनाको नमूना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech