२२ असार २०८२, आईतवार

मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेश अध्यक्षमा गौतम
  • न्युज मानसराेवर

बाँके\मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाट बाँकेका बसन्त गौतमको अध्यक्षमा लुम्बिनी प्रदेश कार्यसमिति विस्तार गरिएको छ । प्रदेश कार्यसमितिमा हाललाई  १० सदस्य बनाइएको छ ।

प्रदेश कार्यसमितिमा अध्यक्ष बाँकेका बसन्त गौतम ,उपाध्यक्ष  सुशीला गैर ( अर्घाखाची) ,उपाध्यक्ष  नारायण प्रसाद रेग्मी ( दाङ्ग) , सचिव दामोदर घिमिरे  (रुपन्देही), सहसचिव छन्द बहादुर बस्नेत (प्युठान)  ,कोषाध्यक्ष मिनाश्री न्यौपाने (रुपन्देही), सदस्यहरुमा राधिका खड्का (प्युठान लेखनाथ भुट्राई (कपिलबस्तु) दलबहादुर सुनार (बर्दिया) मिनु वली शाह (बाँके) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अधिवेशन बाट चयन भएका हुन। एलाइन्सको प्रथम अधिवेशन दाङ्गको राप्ती गाउँपालिकामा आयोजना गरिएको थियो ।

सामाजिक र आर्थिक रुपान्तरणका लागी मानव अधिकारको सुनिश्चितता, सुसंस्कृत, समुन्नत र संम्बृत्त नेपाल निमार्ण हाम्रो प्र्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएको महाधिवेशनमा प्रदेश भरि क्रियाशिल १सय ७० भन्दा बढी मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल संस्थाहरुको प्रतिनिधित्व गर्दै १२ जिल्लाका ४० बढी प्रतिनिधि तथा परिर्वेक्षकहरुको सहभागिता रहेको  अधिवेशनमा १५बुर्दे घोषणा पत्र समेत जारी गरिएको छ ।

 

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech